मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कालीकोटका ९ वटै स्थानीय तह मध्यम जोखिममा

कालीकोट– जिल्ला समन्वय समिति कालीकोटले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा कालीकोटका ९ वटै स्थानीयतह मध्यम जोखिममा रहेको पाइएको छ । जिल्ला समन्वय समितिले प्रत्येक बर्षको पौष मसान्त सम्म मूल्याङ्कन कार्य गर्ने गर्द छ ।

आ.व. २०७८/०७९ मा स्थानीयतहमा भए गरेका कार्यहरुको मूल्याङ्कन गरि मंगलबार जिल्ला समन्वय समितिले नतिजा प्रकासन गरेको जिल्ला समन्वय अधिकारी तिलक प्रसाद आर्चायले बताउनु भयो । सार्वजनिक गरिएको नतिजा अनुसार संस्थागत क्षमता स्वमूल्याङ्कनमा ७२.७५ अंक ल्याएर तिलागुफा नगरपालिका प्रथम भएको छ । वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा ७०.५ ल्याएर नरहरिनाथ गाउँपालिका प्रथम भएको छ । नतिजा अनुसार संस्थागत क्षमता स्वमूल्याङ्कनमा शुभकालीका गाउँपालिका र वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा महाबै गाउँपालिका कम्जोर देखिएका छन् । कम्जोर देखिएका स्थानीयतहमा संघ र प्रदेशबाट प्राप्तहुने अनुदान रकम घट्ने छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button