मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

मुगुबाट प्रदेश सरकारमा दुई जना बने मन्त्री

कालीकोट— मुगुबाट कर्णाली प्रदेश सरकारको मन्त्रीमा दुई जना सांसद नियुक्त भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई रहेको मुगुबाट प्रदेश १ मा एमालेबाट निर्वाचित जीतबहादुर मल्ल उद्योग, पर्यटन तथा वातावरण र प्रदेश २ मा माओवादी केन्द्रबाट निर्वाचित मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रदेश र संघको निर्वाचनमा शाही गठबन्धनको तर्फबाट र मल्ल एमालेबाट विजयी भएका थिए । शाहीले गत पुस २८ गते नै प्रदेश प्रमुखबाट शपथ लिइसकेका थिए । उनी मुख्यमन्त्री नियुक्त हुँदाखेरी नै विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । मल्लले भने बुधबार प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । संघीय व्यवस्था लागू भएपछि हिमाली जिल्ला मुगुबाट प्रदेश सांसद निर्वाचित फरक पार्टीका दुई जना एकै पटक मन्त्री भएको पहिलो रेकर्ड हो । दुई जना मन्त्री बनेपछि मुगुवासीमा खुसीयाली छाएको छ । विकासमा पछि परेको मुगुबाट पहिलो पटक प्रदेश सांसद दुवै जना एकै पटक मन्त्री भएका हुन् ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button