
बिरेन्द्रनगर— कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नेतृत्व आलोपालो गर्ने सहमति भएको हो । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई—दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा समहमति भएको छ । प्रदेश सदस्य टेकराज पछाइका अनुसार सुरुमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्ष नेतृत्व गर्ने र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएको बताइएको छ । बुधबार प्रदेश प्रमुख कार्यालयमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्ने नेता पछाइले बताउनु भयो । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेको समय तोकेका छन् । कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० राष्ट्रिय प्रजातन्त्र पार्टी १, एकीकृत समाजवादीका १, र स्वतन्त्र सांसद १ गरी ४० सांसद रहेका छन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
Explora los mejores casinos en línea clasificados de 2025. Compara bonificaciones, selecciones de juegos y la confiabilidad de las principales plataformas para una experiencia de juego segura y gratificanteoferta de bono