मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

सुर्खेत—हुम्ला नियमित उडान सुरु

सुर्खेत — वीरेन्द्रनगर विमानस्थलबाट कर्णालीका विकट विभिन्न जिल्लामा पुनः हवाई सेवा सुरु भएको छ । जनगुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले सुर्खेत विमानस्थलबाट सबैभन्दा विकट हुम्लामा विमान सेवा पुनः सञ्चालन गरिएको हो । हाल सीता एयर र समिट एयरले दैनिक २ देखि ३ उडान गरिरहेको सुर्खेत विमानस्थल प्रमुख देवेन्द्र प्रसाद पाण्डेले बताए । सुर्खेत विमानस्थलबाटै हुम्ला हवाई सेवा सञ्चालन भएपछि नेपालगन्ज गएर प्लेन कुर्नु पर्ने बाध्यता हटेको छ । नागरिक उड्ड्यन प्राधिकरणको २४ औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले सुर्खेतबाट काठमाडौं जानका लागि बुद्ध एयरको ७२ सिटे जहाजले दैनिक २ उडान सुरु गरेपछि यात्रुहरुलाई थप सहज भएको बताए । यसअघि ४२ सिटेमात्रै जहाज उडान हुँदा यात्रुहरु मर्कामा परेका थिए । स्थापना दिवसका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सर्वसाधारणलाई ढुक्क भएर यात्रा गर्न र सुर्खेतबाटै जहाजमा चढ्ने भाडादर कायम गर्न आग्रह गरेका थिए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button