मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

मतदान अधिकृत सहितका कर्मचारी गाउँलागे

कालीकोटः– प्रतिनिधि सभाका तथा प्रदेश सभा निर्वाचनका लागि मतदान अधिकृत सहितको टोली आजबाट गाउँ लागेको छ । कालीकोटका १ सय ३ वटा मतदान स्थलका लागि ९ सय ८१ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनु भयो । सदरमुकामबाट टाढा भएका नरहरीनाथ,सान्नीत्रिवेणी,पलाँता र पचालझरना गाउँपालिकाका मतदान अधिकृतले मतदान सामाग्री बुझेर बुधबार आजै मदान स्थल तिर लागेका छन् । बाँकी मतदान अधिकृतहरु बिहीबार बेलुकी सम्म मतदान स्थलमा पुगि सक्ने लम्सालले बताउनु भयो ।
त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ४ सय ५४ जना र म्यादी प्रहरी १ हजार २५ जना प्रहरी निर्वाचन सुरक्षामा खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले बताउनु भयो । सशत्र प्रहरीका २ सय १५ जना निर्वाचन सुरक्षामा खटिएको सशत्र प्रहरीबल कालीकोटका प्रहरी नायव उपरिक्षक मित्र प्रसाद श्रेष्ठले बताउनु भयो । कालीकोटका ७४ मतदान केन्द्र अतिसम्बेदनसिल २८ सम्बेदनसिल र २२ वटा मतदान केन्द्र सामान्य गरी १ सय २४ वटा मतदान केन्द्र छन् । कालीकोटमा ८० हजार ७ सय ३३ मतदाता छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button