कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
कार्तिक ३० गते देखि नागरिकता वितरण रोकीने
कालीकोट जिल्ला प्रशासन कार्यालय कालीकोटले कार्तिक ३० गते देखि नागरिकता वितरण, राहदानी र राष्ट्रिय परिचय पत्र वितरणका कार्य रोकीने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कार्यालमा कार्यरत कर्मचारीहरु निर्वाचनमा खटिने भएपछि शान्ती सुरक्षा बाहेक अन्यसेवा प्रवाह नहुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सरोज अधिकारीले बताउनु भयो । मंसिर ५ गतेपछि अथावत सेवा प्रवाह हुने उहाँले बताउनु भयो ।