मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीति

कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिए

कालिकोट — कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलश्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको थियो । माओवादी केन्द्रले कर्णाली प्रदेश सभा सदस्यमा कृष्ण शाह र रातो कामीलाई पठाउने तयारी गरेको छ । भौगोलिक वा जातीय रुपमा उत्पिडित समुदायलाई समेट्ने भन्दै यसअघि माओवादी केन्द्रले दुई जना मन्त्रीहरूलाई फिर्ता बोलाएर त्यस ठाउँमा अन्य नेताहरूलाई पठाउने निर्णय गरेको हो ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button