मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरसमाचार

भीरबाट चिप्लिएर एक सैनिकको मृत्यु

जनकबहादुर शाही

हुम्ला — कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताइन् । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताइन् ।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए । मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियाले जानकारी दिइन् । विष्टलाई भने टाउकोमा चोट लागेको छ ।

घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।

यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button