मिति:- २८ असार २०८२, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीयस्वास्थ्य खबर

कालीकोट पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै

कालीकोट– स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता, पुर्णखोज सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराको साथ आज (शनिबार) कालीकोट जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै छ ।

कालीकोटको सदरमुकाम मान्मको होटल चन्द्र सर्यमा सुरु भएको घोषणा कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री तथा संघिय सांसद मानीय महेन्द्र बहादुर शाहीले गर्नु भएको छ । जिल्ला पुर्णखोप समन्वय समिति कालीकोटले आयोजना गरेको घोषणा सभामा किर्डाक नेपाल र पलान नेपालको सहयोग रहेको जनाइएको छ ।

सभालाई सफल बनाउन स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाई, जिल्ला प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावत, जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी र संचारकर्मीको सहभागीता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker