मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीयस्वास्थ्य खबर

नसर्ने रोगहरु सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

कालीकाेट- स्वास्थ्य सेवा कार्यालय कालीकोटले नसर्ने रोगहरु तथा भि.आई.ए. (पाठेघरको मुखको क्यान्सर परिक्षण) स्कृनिङ्ग सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर बिहिबार सम्पन्न गरेकाे छ । नरहरिनाथ गाउँपालिका संगकाे समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा बुधबार बाट सुरु भएकाे उक्त शिविरमा ५ सय ९३ जनाले स्वस्थ्य सेवा लिएका छन् ।
COPD तथा दम ५५ जना, उच्च रक्तचाप १४ जना, मधुमेह निदान ५ जना, प्रयोगशाला जाँच १ सय ५६ जना, दाँत तथा मुख स्वास्थ्य ७७ जना,फिजियोथेरापी सेवा ५६ जना, बिबिध स्वास्थ्य परिक्षण तथा उपचार २सय ६ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परिक्षण २ सय ९२ जना, VIA Positive ४ जना, संकाश्पद पाठेघरको मुखको क्यान्सर ३ जना, महिलाको आङ्ग खस्ने समस्या तथा फिस्टुलाको परिक्षण २ सय ९२ जना र आङ्ग खस्ने समस्या भएका (Uterine Prolapse) १ सय ८९ जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे बताइएकाे छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker