मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीयस्वास्थ्य खबर

थामकाेटमा ईन्फ्लुन्जा: प्रभाबित बिरामीहरुको स्वास्थ्य परिक्षण गरियाे

कालीकाेट- खाँडाचक्र नगरपालिका २ थामकाेटमा ईन्फ्लुन्जा जस्तै देखिने रुघाखोकी (ILI) को प्रकोप देखा परेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकाेटका अनुसार उक्त क्षेत्रबाट आउने बिरामीकाे चाँप बढेपछि स्वास्थ्य सेवा कार्यालय कालीकोट र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले चिकित्सक सहितको टोली परिचालन गरि प्रभाबित बिरामीहरुको स्वास्थ्य परिक्षण गरिए छ ।

बिरामी संख्या हेर्दा अवस्था सामान्य जस्ताे नलागेपछि स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट डाक्टर दर्शन प्रसाद पाण्डेकाे नेतृत्वमा गएकाे स्वास्थ्य कर्मिकाे टाेलीले ८६ जना बिरामीकाे स्वास्थ्य अवस्था जाँच गरेकाे छ । जाँच गरिएका बिरामीहरु मध्य ४ जनामाे उच्च ज्वराे र अन्यमा सामान्य रहेकाे खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताउनु भयाे । अन्य बस्तीहरुका नागरिककाे समेत स्वास्थ्य अवस्था चेक जाँच गर्न प्रदेश अस्पताल ल्यापबाट चेक गर्ने सामान मगाएकाे बताइएकाे छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker