
कालीकोट- नेपाल बुद्धिजीवी परिषद् कालीकोटको बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट शुभकालिकाका तुलाराम धिताल अध्यक्षमा निर्वाचित भएका छन् । धितालको नेतृत्वमा २३ सदस्सीय जिल्ला कमिटी निर्वाचित भएको छ । उपाध्यक्षमा दानबहादुर धामी, सचिवमा सदानन्द तिमिल्सिना, कोषाध्यक्षमा बलिराज शाही, सहसचिवमा नरेश दर्जी र निर्मला शर्मा सिम्खडा निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यमा पार्वती चौलागाईं, गोपाल कार्की, भरत पाण्डे, दीपेन्द्र शाही, प्रदीप धिताल, जयबहादुर सहकारी, चिन्तन नेपाली, डिल्लीबहादुर सिंह, यामप्रसाद गौतम, चक्र बीसी, कृष्ण बम, नमराज बमलगायत निर्वाचित भएकाे अध्यक्ष धितालले बताउनु भयाे ।
चैत अन्तिम साता काठमाडौंमा आयोजना भएको अधिवेशनमा सहभागी हुन निवर्तमान उपाध्यक्ष कल्पना सेजुवाललाई केन्द्रीय प्रतिनिधि छनोट गरिएको परिषद्का कर्णाली प्रदेश इन्चार्ज लालप्रसाद पोखरेलले बताउनु भयाे ।