कालीकाेटका ७ वटा स्थानीय तहमा लेखा अधिकृत साताैं सिफारिस

कालीकाेट- कर्णाली प्रदेश लाेक सेवा आयाेगले कालीकाेटका ७ वटा स्थानीय तहमा लेखा अधिकृत साताै पठाएकाे छ । लाेक सेवा आयाेगले शुक्रबार प्रकाशन गरेकाे सिफारिस अनुसार कालीकाेटकाे महाबै, शुभकालीका, नहरीनाथ, पलाँता, पचालझरना गाउँपालिका, रास्काेट र खाँडाचक्र नगरपालिकामा लेखा अधिकृत साताैं तहका कर्मचारी पठाइएकाे छ ।
खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाले भुक्तानी गर्नु पर्ने काम गर्न नसकिरहेका बेला खाँडाचक्र नगरपालिकामा लेखा तर्फका चार जना कर्मचारी हुने भएका छन् । नगरपालिकामा कामकाज गर्दै आएका लेखापाल धिर बहादुर शाही, सलेपा पुर्णचन्द्र काप्ले (हाल काजमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश) र तिलागुफा नगरपालिकाबाट लेखा अधिकृत आठाैं देवकिरण बुढा खाँडाचक्रमा सरुवा लिएर आएकाे खबर प्राप्त भएकाे छ । यसै बिच प्रदेश लाेक सेवा आयाेगकाे कार्यालयले लेखा अधिकृत साताैंमा दुल्लु ११ दैलेखका अशाेक भण्डारी सिफारिस गरि पठाएकाे छ ।