कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीयस्वास्थ्य खबर
बिपन्नलाई अस्पतालका कर्मचारीको सहयोग
कालीकोट– जिल्ला अस्पताल कालीकोटमा कार्यरत कर्मचारीले पोलिएर उपचारका लागि ल्याइएका गरीव तथा बिपन्न निर्दोष वि.क लाई आर्थिक सहयोग गरेका छन् । खाँडाचक्र नगरपालिका ५ निवासी अम्बिका वि.क.का ७ महिने छोरा निर्दोष वि.क २३ गते गाईबस्तुका लागि पकाएको कुडोमा परेर जलेका थिए ।
वि.क. को जिल्ला अस्पतालमा उपचार हुन नसक्ने र तत्काल प्रदेश अस्पताल सुर्खेत लैजानु पर्ने अवस्था देखिएपछि अस्पतालमा कार्यरत कर्मचारीले ७ हजार ५ सय नगद संकलन गरेर आर्थिक सहयोग गरेका हुन् । यस अघि पनि रास्कोटबाट अति विपन्न तथा गरीव परिवारका सदस्य बिरामी भएर आएकाले जिल्लाबाट उपचार सम्भव नभएपछि कर्मचारीबाट ४ हजार ६ सय रकम संकलन गरेर प्रदेश अस्पताल पठाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयो ।