कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न
कालीकोट– कालीकोट, अछाम र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच बिहिबार सुरक्षा समन्वय बैठक दैलेखको राकममा सम्पन्न भएको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा बैठक बसेको हो ।
बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा शान्ती सुरक्षा प्रदान गर्ने, जिल्लामा आउने बिपद्का घटना न्युनिकरणका लागि सहकार्य तथा समन्वय गर्ने र अन्य शान्ती सुरक्षा संग सम्बन्धीत बिषयमा निरन्तर समन्वय र सहकार्य जारी राख्ने गरि बैठक सम्पन्न भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।