मिति:- ६ पुष २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

महासंघको अध्यक्षमा पुनः बिष्ट निर्वाचित

कालीकोट– नेपाल पत्रकार महासंघ कालीकोट शाखाको अध्यक्षमा पुनः भरतराज बिष्ट निर्वाचित भएका छन् । अघिको कार्यकालमा समेत अध्यक्ष रहेका बिष्टले शुक्रबार भएको निर्वाचनमा ६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाति भएका हुन् । उनका निकटतम् प्रतिदन्दी रत्न कार्कीले ५० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कमल बुढा ६०, महिला उपाध्यक्षमा राधिका बराल निर्विरोध, सचिवमा रमेश बोगटी ५४, सहसचिव समावेशीमा कमल कुमाल ६८, सहसचिवमा दलसिंह कुमाल ५३, कोषाध्यक्षमा बिश्वनाथ सिम्खाडा ६२ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा तारा सार्की ५५, दलित सदस्यमा मान बहादुर बिश्वकर्मा ५५, टिकाराज उपाध्याय ५६, किरण अधिकारी ७४, डम्बर शाही ५४, लिलाराज संज्याल ६४, ललित बिष्ट ५९, हस्त चौलागाई ६५ मत प्राप्त गरी निर्वाचित भएका छन् । कुल १ सय ३१ सदस्य रहेकोमा १ सय १४ मत खसेका थिए । निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनले तालमेल गरेका थिए ।

 

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker