शिक्षा क्षेत्रमा सुधार ल्याउन बृहत शैक्षिक गोष्ठी

कालीकोट– शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउन उदेश्यले सदरमुकाम मान्ममा बृहत शैक्षिक गोष्ठी आयोजना गरिएको छ ।
जिल्ला शिक्षा समितिको आयोजना, विभिन्न गैह् सरकारी संस्थाहरुको सहयोग, जिल्लाका ९ वटै पालिका र शिक्षा सरोकारवालाहरुको सहभागितामा सदरमुकाम मान्ममा शुक्रवार गोष्ठीको आयोजना गरिएको हो ।
जिल्ला शिक्षा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको अध्यक्षता, संविधान सभा सदस्य तुलराज विष्टको प्रमुख आतिथ्यतामा शैक्षिक गोष्ठी गरिएको छ ।
गोष्ठीमा शिक्षकको व्यावसायिक विकास, समावेशी शिक्षा, कलामार्फत रचनात्मक शिक्षा र मूल्याङ्कनका विषयमा छलफल भएको बताइएको छ । विद्यालय शिक्षा क्षेत्रको प्राथमिकतासँग जोडिएर भएको छलफलमा नेपालको शिक्षा नीति र २१ औं शताब्दीको विद्यालयमा शिक्षाका आवश्यकता प्रणालीका बारेमा बहस भएको छ ।
गोष्ठीमा ९ वटै पालिकाका शिक्षा संयोजकहरुले पालिकामा अवस्थावारे जानकारी गराएका थिए । कार्यक्रममा राजनितिक दलका प्रमुख, ९ वटै पालिका प्रमुख, प्रधानाध्यापक लगायतका शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गोष्ठीका सभागिहरुले विद्यालय शान्तिक्षेत्र घोषणा संगै शैक्षिक सुधारका लागी गरिएका प्रविद्धताहरु पुर्णरुपमा कार्यान्वय हुन नसकेको बताएका थिए ।
सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउन सवैले सामुदायिक विद्यालयमा आफ्ना बालवालिका भर्ना गराउनु पर्ने बताए । शिक्षा क्षेत्र सुधारका लागि सरकार देखी अभिभावक सम्म सवैको चासो र चिन्ता हुनु पर्नेमा सहभागीले जोड दिएका छन् ।
केहि पालिकाहरुले शिक्षामा आएको वजेट कटौती गरेर सडक र अन्य क्षेत्रमा लगानी गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
शिक्षामा नीति र वजेट सहितको व्यवस्था गर्न सके सामुदायिक विद्यालयको अवस्था सवैभन्दा बलियो र आकर्षक हुने सहभागीको भनाइ छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.