मिति:- ६ पुष २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाचारसुचना प्रबिधीस्थानीय

दुर्गमको विद्यालयमा विज्ञान प्रयोगशाला  सञ्चालन

कालीकाेट- सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । कक्षा १ देखि १२ सम्मको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञान सम्बन्धी प्रयोगात्मक कार्यका लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

किर्डाक नेपाल कालीकोट द्धारा सान्नीत्रिवेणी गाउँपालिकामा सञ्चालित सशक्त बालिका परियोजना अन्तरगत विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताउनु भयाे।

प्रयोगशाला स्थापना गर्न किर्डाक नेपाल कालीकोटले प्लान नेपालको सहयोगमा  ६ लाख २४ हजार ३७ रुपैँया, गाउँपालिकाको  १ लाख ५० हजार र विद्यालयको योगदान ५० हजार गरी कुल ८ लाख २४ हजार ३७ रुपैयाँको प्रयोगशाला स्थापनाका भएको गाउँपालिका अध्यक्ष मोहन वहादुर केसीले बताउनु भयाे । विद्यालयलाई हरित विद्यालय बनाउन पनि पहल भई रहेको गाउँपालिका अध्यक्षले बताउनु भयाे। शुक्रवार प्रयोगशाला उदघाटन तथा हस्तान्तरण कार्यक्रममा विज्ञान शिक्षक रत्नलाल अधिकारीले केही विद्यार्थीलाई सामग्री प्रयोग गरेर देखाउनु भएकाे थियाे ।
विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइ कार्य निकै प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले बताउनु भयाे । विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८ देखि १२ सम्मका  विद्यार्थी लाभान्वित हुने भएका छन् ।
विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाई थियो । सान्नीत्रिवेणी गाउँपालिका र साझेदार संस्थामार्फत प्रयोगशाालाका लागी पर्याप्त सामग्री उपलब्ध भएपछि हाल विद्यालयको कक्षा कोठामा अलग्गै रुपमा प्रयोगशाला स्थापना गरिएको छ । छुट्टै प्रयोगशााला कक्षा कोठा भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।
शुक्रवार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष केसीले प्रयोगशालाको उद्घाटन गर्नु भएकाे छ । प्रयोगशाला उद्घाटनमा बाेल्दै अध्यक्ष केसीले गुणस्तर शिक्षा गाउँपालिकाकाे पहिलो प्राथमिकतामा रहेकाे बताउनु भयाे ।
सशक्त बालिका परियोजना अन्तरगत सहयोग गरेको सामग्रीको बारेमामा जानकारी दिदैँ संयोजक बलिराज शाहीले पञ्चदेवल माविमा २० लाखको लैंगिकमैत्री शौचालय, ६ लाखको विज्ञान प्रयोगशाला, ५ लाखको नमूना कक्षाकोठा व्यवस्थापन र ४ लाख ५० हजारको हरित विद्यालय गरी ३५ लाखको सहयोग गरिएको जानकारी दिनु भयाे।
बालबालिकालाई विज्ञान र प्रविधि सँग जोड्न आधुनिक पढाई र विज्ञान प्रयोगशााला स्थापना भएर सञ्चालनमा आउनु विद्यार्थीका लागी एक सुनौलो अबसर भएको विव्यस अध्यक्ष देवनारायण सञ्ज्यालले बताउनु भयाे। हस्तान्तरण गरिएको सामग्रीमा विद्यार्थीले छुन पाउँने, पढ्न पाउने र सिक्न पाउने कुरामा आफू विश्वस्त रहेको उहाँले सुनाउनु भयाे।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker