मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाजसुदुरपश्चिम प्रदेशस्थानीय

जग्गा धनीलाई थाहा छैन, मालपोत भन्छ जग्गा बैंक रोक्का छ

कालीकोट– मालपोत कार्यालय टिकापुरले जग्गा धनीलाई थाहै नदिइ जग्गा रोक्का राखेको पाइएको छ । जानकी गाउँपालिका २ कैलाली स्थायी ठेगाना भएकी सारदा उपाध्याय जाेशीकाे नाममा रहेको जग्गा मालपोत कार्यालय टिकापुरले रोक्का राखिदिएको बुझिएको छ ।

२०६३ सालमा शंकर प्रसाद शर्माबाट टिकापुर ९ मा जाेशीले किनेको कित्ता नं. ६४७ क्षेत्रफल ३३८।६३ को जग्गा २०६४ साल बाट रोक्का रहेको मालपोत कार्यालयले जनाएको छ ।

२०६९ मा नक्शा पास गरेर घर बनाएकी जाेशीले २०८१ भदौंमा नक्सामा घर कायम गर्न जाँदा रोक्का रहेको जानकारी पाएकी थिइन् । कुनै पनि बैक तथा बित्तीय संस्थासंग कारोबार नगरेको र आफ्नो जग्गाधनी पुर्जा आफै संग रहेको भएपनि मालपोत कार्यालयले जग्गा रोक्का राखिएको जाेशीको गुनासो छ ।

मालपोत कार्यालयले २०६४ चैत्र ४ गतेबाट रोक्का रहेको जनाएको छ । तत्कालीन नेपाल बंगलादेश बैक हालको नविल बैंक मार्फत रोक्का रहेको भनिएको भएपनि बैंकले त्यो समयमा बैक टिकापुरमा नभएको र २०७६ पछि मात्र बैक स्थापना भएको जनाएको छ ।

२०७९ मा नेपाल बंगलादेश बैक र नविल बैक एक आपसमा गाभिएका थिए । जग्गा रोक्काका सम्बन्धमा जानकारी लिन खोज्दा मालपोल कार्यालय टिकापुरका कार्यालय प्रमुख दल बहादुर चन्दले फोन उठाउनु भएन ।

नविल बैक टिकापुरका शाखा प्रमुख जनकराज ओझाले मालपोत कार्यालयले ऋणी को हो ? चलानी नं. कतिको पत्र कुन समयमा कुन शाखाबाट पठाएको हो भन्ने सूचना मालपोतले नदिएको जानकारी दिनु भयो । मालपोतले बैंकलाई र बैंकले मालपोतलाई दोशी देखाउदै आएका कारण सेवाग्राहीलाइ सास्ती भएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button