मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाजस्थानीय

बाबुको मुख हेर्ने दिन, छोरीलाई बीमा उपहार

कालीकोट– कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अवसरमा बाबुले छोरीलाई बीमा उपहार दिएका छन् । जीवन सुरक्षा पहिलो आधार भएकाले छोरीको जीवन बीमा गरिदिएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कालीकोट शाखा प्रमुख कर बहादुर शाहीले बताउनु भयो । “धन पैसा खाएर सकिन्छ, खर्च भएर जान्छ तर बीमा गरिदियो भने पछि सम्मलाई हुन्छ भनेर मैले बीमा गरिदिएको हुँ” शाहीले न्युज रेडपाण्डा संगको कुराकानीमा भने ।

दुई लाखको जीवन बीमा गरेर पहिलो पटकको प्रीमियम रकम बाबुले तिरिदिएपछि त्यसलाई छोरीले नियमित गराउने भएकी छन् । छायाँनाथ रारा ७ मुगु स्थायी घर भइ कोहलपुर बानीयाबार बस्दै आएका बिजा लक्ष्मी शाहीका बुवा कर्णाली राजमार्ग अवरुद्ध हुँदा आउन नसकेपछि उनले कान्छाबुवा (अंकल) नाता लाग्ने हिमा गाउँपालिका ७ जुम्लाका कर बहादुर शाही र आफ्नै सवदर कान्छाबुवा राजकुमार शाहीलाइ टिका लगाएर कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन मनाएकी हुन् । बिजा लक्ष्मी शाही हिमालयन सामुदायीक स्रोत विकास केन्द्रका कार्यरत छन् ।

के छन् त बीमाका फाइदा

१. आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा एउटा भ्याकुम सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बिमा गर्नुपर्ने हुन्छ । अरू सबै सामानको मूल्य निर्माण गर्दा नै तोक्न सकिन्छ । तर, मान्छेको मूल्य भने उसले आफैँ तोक्ने हो । कसरी, कस्तो परिवेशमा के काम गरिरहेको छ, त्यो अनुसार उसको आफ्नो जीवनको मूल्य हुन्छ ।

२. व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बिमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

३. भविष्यको योजना निर्माण गर्न
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसंग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बिमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

४. दीर्घकालीन पुँजी निर्माण
तपाईँ हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । एउटा अनुशासित जीवन बाँच्नु धेरै गाह्रो कुरा हो । जीवन बिमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बिमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । जब बिमा परिपक्व हुन्छ, त्यसवेला त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्छाैं ।

५. मुलुकको विकासमा भूमिका
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बिमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बिमा उपयुक्त माध्यम हो ।

६. छोराछोरीको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बिमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।

७. ऋणको समस्याबाट मुक्ति
हाम्रो मुलुकमा सबैभन्दा ज्यादा नेपाली ऋणको समस्याबाट गुज्रिएको पाइन्छ । कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । कसैले घर बनाउनुपर्यो भने ऋण लिने र मासिक किस्ता (इएमआई) तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइसँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । मैले १० वर्षको ऋण लिएको छु, सजिलै तिरिहाल्छु । यहाँ ९० प्रतिशत परिवारमा एकजना मात्र कमाउनेछन् । आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बाँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बीमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बिमा गरेको हुन्छ । केही भए उसले बिमा पाइहाल्छ ।

८. करमा छुट
बिमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्को्तितर बचत पनि भइरहेको हुन्छ ।बीमा कम्पनीहरुको नियामक निकायका रुपमा ‘बीमा समिति’ रहेको छ । उक्त नियामक निकायले सबै बीमा कम्पनिको रेखदेख गर्ने हुँदा र समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने हुँदा बीमा कम्पनिहरुले आफूखुसी काम गर्न सक्दैनन् ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button