मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सुन्थराली बिमान स्थलमा परिक्षण उडान सफल

कालीकोट– सुनथराली विमानस्थलको परिक्षण उडान कार्य सफल भएको छ । आज प्राविधिक टोली सहित नेपालगंज बाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परिक्षण उडान सफलता पुर्वक सम्पन्न गरेको नहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनु भयो ।
२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो । बिमान स्थलको उद्घाटनका लागि यस भन्दा अघि तीन पटक समय तोकीए पनि बिभिद् कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रबक्ता प्रदिप बोहोराले बताउनु भयो । भोली सोमबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराति द्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ । २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको थियोे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button