
बाजुरा- कर्णाली करिडोर अन्तर्गत जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै मिनि ट्रक दुर्घटना भएको छ । सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक दुर्घटना भएकाे हाे। ट्रक दुर्घटना हुँदा चालक दैलेख जिल्ला आठबिस नगरपालिका–४ का ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन्।
त्यस्तै सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का १८ वर्षीय अर्जुन विक र जाजरकोट घरभइ बिरेन्द्र नगर नगरपालिका–१२ बस्ने २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन्। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको जनाएकाे छ। ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले भनाइ छ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.