कालीकोटको सरस्वतीमाबिमा आफ्नै सप्टवयर

कालीकोट–यहाँको पचालझरना गाउँपालिका ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ । ३ वर्षिय डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको सफ्टवेयर शुक्रबार उद्धघाटन गरीएको हो ।
गाउँपालिका अध्यक्ष देवराज शाहीको उपस्थितिमा सफ्टवेयरको उद्धघाटन गरीएको शिक्षक अमर शाहीले बताउनु भयो । शिक्षक र बिद्यार्थीहरु सप्टवयर निर्माण गरेका हुन् । सप्टवयर निर्माणका लागि १५ दिन लागेको शिक्षक शाहीले बताउनु भयो ।
असल संस्कार सहितको गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई कार्यान्वयन गर्न विद्यालयले विभिन्न गतिबिधिहरु सञ्चालनगर्दै आएको छ ।
स्कुल सफ्टवेयर मार्फत शिक्षक विद्यार्थीहरुको विवरण,कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको रेकर्ड,मार्किङ परिक्षा प्रणाली, स्वमूल्याङकन, रिजल्ट,विद्यार्थी शिक्षकको विवरण,शिक्षकहरुको नियमित हाजिरी,विद्यालय व्यवास्थापन,लेखाजोखा प्रर्णाली, खर्च विवरण, जुनुसुकै समयमा सहजै उपलब्ध गराउन सकिने गरी सप्टवयरको निर्माण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुशल बहादुर शाहीले बताउनु भयो । दुर्गम क्षेत्रमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ कक्षा संञ्चालन गर्दा कालीकोट,दैलेख,अछाम र जुम्लाका विद्यार्थीहरुलाई पढ्न सहज भएको ब्यवस्थापन समिति अध्यक्ष शाहीको बुझाइ छ ।
२०७६ सालबाट पठन पाठन संञ्चालन गरेको उक्त विद्यालयमा अहिले ३५ जना विद्यार्थीले नियमित रुपमा अध्यायन गरीरहेका छन् । विद्यालयले आफ्नै वेबसाइट समेत निर्माण गरेको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.