मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

फरार रहेका अमरसिंह सहकारी पक्राउ

कालीकोट– नरहरीनाथ गाउँपालिका–५ का अमरसिंह सहकारीलाई प्रहरीले पक्राउ गरेको छ । जेठ १९ गते शुक्रबार दिउँसो शिकार खेल्न गएका सहकारीले ढुकुरलाई हान्न खोज्दा बारीमा मकै गोड्दै गरेकी सहकारीकी नातिनी नाता पर्ने सोहीँ ठाउँकी १७ वर्षीया एलीसा सहकारीको पेटमा बन्दुकको गोली लागेको थियो ।

गोली लागेर घाइते भएकी एलीसाको उपचारको क्रममा २१ गते प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । २१ गते नै घरपरिवारले जाहेरी दिएपछि प्रहरीले खोजि गरेको थियो । त्यसयता फरार रहेका शिकारी अमरसिंह सहकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार स्थानीयले दिएकोे सुचनाको आधारमा सहकारीलाई एक थान भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button