मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

तिलागुफामा रेलिङ बाटो सिलान्यास

कालीकोटः– तिलागुफा नगरपालिकाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत पर्यटन प्रबद्र्धनका लागि रेलिङ बाटो निर्माण गर्न सिलान्यास गरेको छ । तिलागुफा ७ बालीगाडबाट छाप्रे सम्म ३७ लाखको लागतमा रेलिङबाटो निर्माण गर्न लागिएको स्थानीय कृणबहादुर शाहीले बताउनु भयो । सिलान्यास कार्यक्रममा नगर प्रमुख शंकर उपाध्याय, उपप्रमुख महेन्द्र बहादुर शाही, वडा अध्यक्ष दिप बहादुर शाही लगायत स्थानीयको सहभागीता रहेको थियो । नगर प्रमुख उपाध्यायले बाटोको सिलान्यास गर्नु भएको हो ।
त्यस्तै चिल्खायामा कृषि सडक ग्राविल गर्ने काम सुरु भएको छ । सोमबार नगर प्रमुख उपाध्यायले ग्राविल सडक निर्माणका लागि सिलान्यास गर्नु भएको छ । १ करोड ३१ लाखको लागतमा चिल्खायामा ग्रामिण कृषि सडक ग्राविलको काम हुने भएको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button