मिति:- २१ जेष्ठ २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

खुलालु–लालिघाट सडक पुर्ण रुपमा बन्द

कालीकोट– खुलालु सल्लीसल्ला सडक अन्तरगत खुलालु देखि लालिघाट सम्मको सडक पुर्णरुपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले १६ गते एक सूचना जारी गर्दै उक्त सडक खण्ड बन्द हुने जनाएको छ ।

कर्णाली कोरिडोर दक्षिण खण्ड खुलालु सल्लीसल्ला सडक खण्डको खुलालु देखि लालीघाट सम्म सडको स्तर उन्नती आरसिसि गर्नु पर्ने

भएकाले ५ दिनका लागि सडक पुर्ण रुपमा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो । सडक स्तर उन्नतीको समयमा बाजुरा, हुम्ला र मुगु लगायतका जिल्लाबाट आउने मालबहाक तथा यात्रुबहाक यातायातका साधनहरु लालिघाट पुगर रोकीने छन् ।

त्यस्तै सुर्खेत, दैलेख र अछाम लगायतका जिल्लाबाट आएका मालबहाक तथा यात्रुबहाक यातायातका साधनहरु कालेखोला जिरोपन्ट सम्म पुगेर फर्किने छन् । सडक स्तरउन्नती कार्यका आम नागरिकले सहयोग गरिदिन हुन जिल्ला प्रशासन कार्यालय कालीकोटले अनुरोध गरेको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker