विपद्जन्य जोखिम न्युनिकरण गर्न पुर्व तयारी अभ्यास सम्पन्न

कालीकोट- विपद्जन्य जोखिमका घटनाहरु भइहालेमा कसरी उद्धार गर्न सकिन्छ भन्ने जानकारी दिन कृतिम घटना उद्दार अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सुरक्षा समिति कालीकोटको आयोजना तथा जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकाय संगको समन्वयमा पुर्व तयारी तथा प्रतिकार्य अभ्यास कार्यक्रम खाँडाचक्र ३ ताडी बसपार्कमा संचालन गरीएको हाे ।
कार्यक्रमा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको सभाअध्यक्षता, जिल्ला स्थित सम्पुर्ण स्थानीय तहका जनप्रतिनिधि जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरिक्षक डिएसपी टेक बहादुर रावत, अन्य सुरक्षा निकाएका प्रमुख, राजनितिक दल, सुरक्षा कर्मी, निजामती कर्मचारी, पत्रकार लगाएतको उपस्थितिमा कृतिम घटना उद्दार अभ्यास कार्यक्रम गरिएकाे हाे ।
प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग कार्यमा सुरक्षा निकायको गर्भिलाे लामो इतिहास छ । सबै प्रकारका विपदबाट प्रभावित स्थानहरुमा राहत तथा उद्दारका र जीवनरक्षाका लागि सुरक्षा निकाय तत्पर रहन्छ । बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा छ । कार्यक्रममा विपतका घटनामा परेका मानिसको आकस्मीक उद्धार, उपचार लगाएत थुप्रै चरणहरुको बारेमा जानकारी गराइए छ।
आजै जिल्ला प्रशासन कार्यालयमा भएकाे जिल्ला विपद् ब्यवस्थापन समितिकाे बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टराईले सबै सुरक्षा निकाय, बिषयगत सरकारी कार्यालय र स्थानीय तहहरु बिपद् जाेखिमका घटनाहरु बाट जाेगिन, राहत उद्दारका कार्यहरुमा तदारुक्ताका साथ लाग्न र आम नागरिलाई तत्काल प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नु भएकाे छ । कालीकाेट बिपद्जन्य घटनाकाे उच्च जाेखिममा रहेकाे छ ।