शुभकालिका गाउँपालिका पूर्ण खोपयुक्त घाेषणा:खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने प्रतिबद्धता

कालीकोट- यहाँकाे शुभकालिका गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ। ‘श्राेतकाे उपयाेग स्वामित्व र सहभागिता पूर्ण खाेप पालिका हाम्रो प्रतिबद्वता’ भन्ने मुल नाराका साथ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा बिहीबार घाेषणा गरिएको हाे ।
गाउँपालिकाकाे ८ वटै वडामा सबै बालबालिकालाई खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले बताउनु भयाे ।
पूर्णखोप सुनिश्चितताका लागि सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराई सुनिश्चितता गरिएको हाे । खोप सुनिश्चिततालाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता जनाएकाे छ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले नागरिकलाई आवश्यक सबै खोपहरू उपलब्ध गराउन पालिका सफल भएपछि पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना भएकाे पालिका घाेषणा गरिएको जानकारी दिनु भयाे ।
सबै चरणहरूमा खोप छुटेका बालबालिकालाई २०८२ वैशाख ३१ गते खोप लगाइएको थियाे । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत विकले पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गर्ने वडाहरूलाई सम्मान पत्र दिनु भयाे।