मुख्य खबरसमाचारस्थानीयस्वास्थ्य खबर
महाबै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता घाेषणा

कालीकाेट- यहाँकाे महाबै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ। शनिबार महाबै गाउँपालिकालाई एक कार्यक्रमका बिच पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएकाे हाे । महाबै पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएकाे पहिलो स्थानीय तह हाे । पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा कार्यक्रममा महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह, जनप्रतिनिधि, सम्पुर्ण स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी लगायत सरोकारवाला लगायतकाे सहभागिता रहेकाे थियाे ।