मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कर्णाली सरकारले ल्यायो ‘घर बिमा’ कार्यक्रम

कालीकाेट- कर्णाली सरकारले ‘घर विमा’ कार्यक्रम ल्याएको छ । विपद् बाट क्षति भएका घरहरुलाई राहत दिन प्रदेश सरकारले कार्यविधि एक कार्यविधि जारी गर्दै उक्त कार्यक्रम ल्याएकाे हो । २० लाख रुपियाँ सम्मको आवासीय घरको विमा गर्न यो कार्यक्रम लागु गरिएको बताइएकाे छ । एक साताअघि बसेको मन्त्रीपरिषद्को बैठले ‘घर विमा’ सम्बन्धी कार्यविधि स्वीकृत गरेको हाे ।

भूकम्प, आगलागी, बाढी तथा डुबान, जमिन धसिने वा भासिने, हावाहुरीका, असिनापानी र चट्यांङका कारण क्षतिग्रस्त घरहरुलाई बीमामा समेटिने कार्यविधिमा उल्लेख छ । त्यसैगरी हवाई दुर्घटना तथा अन्य प्राकृतिक विपद्का कारण क्षतिग्रस्त घर पनि बिमामा समेटिएका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker