कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
खाँडाचक्र नगरपालिकाको बहुउदेश्यीय प्रशासनिक भवन निर्माण सुरु

कालीकाेट- खाँडाचक्र नगरपालिकाको बहुउदेश्यीय प्रशासनिक भवन निर्माणको काम सुरु भएकाे छ । भवन निर्माणकाे ठेक्का पाएकाे आरएनसि बिल्डसले शनिबार बाट काम सुरु गरेकाे छ । भवन निर्माण कार्य ३० महिनामा सम्पन्न गर्ने गरि निर्माण ब्यवसायी सँग १९ कराेड ६२ लाख ६५ हजार ९ सय २५ रुपैयामा सम्झौता भएकाे छ ।
३६.४५ लम्बाइ र १५.४५ मिटर चाैडाइमा निर्माण गरिने भवन सात तलाकाे हुने छ । सबै शाखाहरु एउटै भवनमा अट्ने गरि भवनकाे डिजाइन गरिएकाे छ । २०७३ साल देखि नगरपालिका भाडामा घर बस्दै आएको थियो ।