
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिहरु र सर्वसाधारणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गनुहुने भएको छ ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार विशिष्ट व्यक्तिहरु र सर्वसाधारणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गनुहुने भएको हो । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एव विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।