कर्णाली प्रदेशमा बिद्युतीय अपराधका घटना बढ्दै
कालीकोट– प्रबिधिको विकास संगै कर्णाली प्रदेशमा बिद्युतीय अपराधका घटनाहरु बढ्दै गएका छन् । गत ३ बर्षका ६ सय १० वटा बिद्युतीय अपराधका घटनाहरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिद्युतीय अपराधका घटना संग सम्बन्धीत प्राप्त निवेदनहरुलाई चारभागमा वर्गिकरण गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नारायण डाँगीले बताउनु भयो । डाँगीका अनुसार अश्लिल शब्द पोष्ट गरी चरित्र हत्या गर्ने, फेसबुक आइडी ह्याक गरेको, अनलाइन बैकिङ्ग ठगी र फेक आइडीको प्रयोग जस्ता क्षेत्रमा निवेदन परेका छन् । कर्णालीमा प्रबिधिको पहुँच बिस्तार हुँदै गर्दा बिद्युतीय अपराधका घटनाहरु बढ्दै गएकाले सरकारी, गैह्सरकारी, सामाजिक संघ संस्था लगाएतले साइबर सुरक्षा संग सम्बन्धीत डिजिटल साक्षरता कक्षा संचालन गर्नु पर्ने कम्प्युटर एसोसिएसन महासंघ नेपाल कर्णाली प्रदेश सचिव रामकिशोर रावलले बताउनु भयो । प्रविधिको सुरक्षित प्रयोग र बिद्युतीय कारोबार ऐन संग सम्बन्धीत बिषयमा नागरिकलाइ जानकारी गराउन सके बिद्युतीय अपराधका घटनामा कमी आउने छ ।