कालीकाेट- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “विश्व बाल दिवस २०८१” को अवसरमा जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रभातफेरी कार्यक्रमकाे आयोजना गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्र.ना.उ टेक बहादुर रावतकाे अध्यक्षता र कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यतामा प्रभातफेरी कार्यक्रम गरिएकाे हाे ।
शसस्त्र प्रहरी आश्रीत गुल्म कालीकोटका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालय कालीकाेटका प्रमुख र अन्य सरकारी तथा गैह्र सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार तथा अन्य सरोकारवाला निकायकाे सहभागीतामा जिरोप्वाईन्ट देखि प्रतिमाचोक हुदै जिल्ला समन्वयको हल अगाडी पुगेर प्रभातफेरी कार्यक्रम समापन गरिएकाे छ । कार्यक्रममा सचेतना मुलक जिङ्गल सन्देश बाचन, जानकारी मुलक पर्चा वितरण गर्दै पम्पलेट सहितकाे प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे छ ।