मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका युवालाई खोज तथा उद्धार तालिम

  • पबित्रा जैसी

कालीकोट- वर्षेनी विपद्बाट हुने क्षति कम गर्न र विपद्मा परेका घाइतेको तत्काल उद्धार गर्न यहाका २८ जना युवाहरुलाई आधारभूत खोज तथा उद्धार तालिम दिइएको छ । विपद् बाजा बजाएर आउदैन, पूर्व तयारी गरौ, विपद्बाट बचौ भन्नेनाराका साथ जिल्ला विपद् ब्यवस्थापन समितिको समन्वयमा प्लान र किर्डाकको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाअन्र्तगत नरहरिनाथ र सान्नी त्रिवेणी गाउपालिकाका युवाहरुलाई ४ दिने खोज तथा उद्धार तालिम दिइएको हो ।
नरहरिनाथ र सान्नीत्रिवेणीका १९ देखि २४ वर्ष उमेर समुहका युवालाई लक्षित गरी मान्ममा संचालन गरिएको तालिममा दुई वटा पालिकाका १८ वडाबाट एक एक जनाका दरले सहभागी भएको आयोजक संस्थाका अध्यक्ष सम्झनाकुमारी मल्लले बताइन् । विपद्मा उद्धारसम्बन्धी ज्ञान, सीप पाएका युवाहरुले अप्ठेरोमा परेका ब्यक्तिलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने मल्लले सुनाइन् । उनकाअनुसार दुई पालिकाका १८ युवा, सुरक्षा निकायबाट ७ र अन्य क्षेत्रबाट ३ गरी २८ जनालाई खोज तथा उद्धार तालिम प्रदान गरिएको छ ।

विपद्को बेला सबैभन्दा पहिले पुग्ने स्थानीय युवालाई खोज तथा उद्धार सम्बन्धी सीप दिन आवश्यक भएकाले तालिम फलदायी हुने प्रजिअ गणेश नेपालीले बताए । विपद्मा पहिलो घटनास्थल पुग्ने स्थानीय युवा नै हुन्छन् । उनले भने युवालाई खोज तथा उद्धारसम्बन्धी सीप सिकाउन सकियो भने ज्यान बचाउन सकिन्छ । उनले तालिम पाएका युवाहरुमा आत्मविश्वास बढेर समाजसेवी बन्ने सुनाए । जिल्ला प्रशासन कार्यालयले यस वर्षको विपद् पुर्व तयारी तथा प्रतिकार्र्य योजना पनि जेठ मशान्तसम्म तयार हुने प्रजिअ नेपालीले जानकारी दिए ।
प्लान इन्टरनेशनलको सहयोगमा किर्डाक नेपालले आयोजना गरेको खोज तथा उद्धार तालिममा सिकेको सीप जीवनभर काम लाग्ने सान्नीत्रिवेणी ४ तिकुवाबाट सहभागी हुन आएकी २१ वर्षीया निरुता बोहोराले बताइन् । विपद् जतिखेर पनि आउन सक्ने भएकाले पूर्व तयारीस्वरुप तालिमा सिकेका सीप सधै काम लाग्छ । उनले भनिन् मेरो गाउठाउमा पहिरो, बाढी, आगलागी जस्ता विपद्मा परेका ब्यक्तिलाई बचाउन प्रयास गर्नेछु । उनले पहिले खोज तथा उद्धारका काम पुरुषले मात्र गर्नसक्छन् भन्ने लागेको भए पनि सीप भए महिलाले पनि गर्न सकिने सिकाइ भएको सुनाइन् ।


तालिममा पहिरोमा च्यापिएका ब्यक्तिको खोजी तथा उद्धार र प्राथमिक उपचार, ग्यास सिलिन्डर, घर तथा जंगलमा हुने आगलागी नियन्त्रण, बाढीमा बगेकाको खोजी तथा उद्धारलगायतका विषयमा सहभागीले सिकेको सान्नीत्रिवेणी गाउपालिकाका विपद् फोकलसर्पन सागर शाहीले बताए । उनले आफ्नो गाउपालिकाले यसवर्षका लागि खोज तथा उद्धारसहितको विपद्को लागि आवश्यक पर्ने सामग्री खरिद गरेर वडा वडामा वितरण गर्ने प्रतिबद्धता गरे ।
नेपाल रेडक्रस सोसाइटी कालीकोटका तपेन्द्रवहादुर शाही, सशस्त्र प्रहरीका विमल शाहीले खोज तथा उद्धारको तालिम दिएका थिए ।
पहिरोको पूर्व अभ्यास

यसैबीच, पहिरोको उच्च जोखिममा रहेको कालीकोटको खाडाचक्रमा पहिरोबाट बच्ने उपायसहित खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका विषय समेटेर पूर्व अभ्यास गरिएको छ । खाडाचक्र ३ ताडी बसपार्कमा पहिरोको पूर्व अभ्यास गरिएको हो ।
जिल्ला विपद् ब्यवस्थापन समिति कालीकोटको समन्वयमा नेपाली सेनाको शमशेर गुल्मद्धारा आयोजित पूर्व अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, रेडक्रस, स्वास्थ्य सेवा कार्यालयलगायतका सरोकारवालाको सहभागिता थियो ।
ताडी गाउमा भएको नमूना अभ्यासमा पहिलो गएर एक जनाको मृत्यु, ३ जना घाइते भएको घटनालाई आधार मानेर खोज तथा उद्धार, प्राथमिक उपचारबारे कृत्रिक अभ्यास गरिएको शमशेर गुल्मका उप सेनानी सुजन थापाले बताए । समुदायस्तरमा सचेतनाका लागि कृत्रिम अभ्यास गरिएको हो । उनले भने यसबाट समुदायलाई पनि सर्तक रहन र पूर्व तयारी रहन सहयोग पुग्छ ।
ताडी बसपार्क नजिकै पहिरो गएको ठाउबाट नेपाली सेनाले डोरीमा झुण्ड्याएर मृतकको लाश सुरक्षित ठाउमा ल्याएको थियो भने घाइतेलाई प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लगिएको दृश्य देखाइएको थियो । जिल्ला अस्पतालका डा. चन्दा शाहले घाइतेको श्वास प्रश्वास नचलेको अवस्थामा गरिने विधि प्रर्दशन गर्दै हात खुट्टा र ढाड भाचिएका विरामीलाई कसरी ब्यान्डेज गरेर सुरक्षितरुपमा स्वास्थ्य संस्थामा लैजान सकिन्छ भन्ने विधि प्रर्दशन गरिन् ।
सशस्त्र प्रहरी बलका विमल शाहीले विपद्मा प्रयोग हुने अग्नि नियन्त्रण यन्त्र, डोरी, लाइफ जाकेट, बुट, ट्युब, पन्जालगायतका सामग्रीबारे जानकारी दिदै प्रयोग गर्ने विधिका बारे जानकारी दिएका थिए । उनी कुरिनटारमा ३ वर्ष तालिम लिएर कालीकोटमा विपद् प्र्रशिक्षककोरुपमा काम गर्दै आएका छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button