मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली प्रदेशका २८ केन्द्रमा ढिलो परिक्षा संचालन

कालीकोट– कर्णाली प्रदेशका २८ वटा परिक्षा केन्द्रमा निर्धारित समय भन्दा ढिलो परिक्षा संचालन भएको छ । शुक्रबार कर्णाली प्रदेशका १ सय २९ वटा परिक्षा केन्द्रमा कक्षा १२ को परिक्षा संचालन भएको छ । ईन्टरनेट समस्याका कारण जाजरकोट १०, कालीकोट २, सल्यान २, सुर्खेत १, दैलेख १० र मुगुका ३ वटा परिक्षा केन्द्रमा निर्धारित समय भन्दा एक घण्टा ढिलो परिक्षा संचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक वीर बहादुर ओलीले बताउनु भयो ।

कर्णाली प्रदेशका धेरै बिद्यालयहरु बिद्युत, भरपर्दो इन्टरनेट, उपकरण तथा प्राबिधिक दक्षताको अभाव छ । नेपालमा कोभिड सुरु भएदेखि परिक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत प्रश्न पत्र पठाउने गरेको छ । यसरी प्रश्न पत्र पठाउदा प्रबिधिको प्रयोग संगै प्रश्न पत्र छपाइ तथा ढुवानी खर्च कम हुने गरेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker