मिति:- २२ बैशाख २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कर्णाली प्रदेश सरकारको समग्र बजेट खर्च २५ प्रतिशत मात्र

चालुतर्फ ३४.५८ र पुँजीगततर्फ १९.०८ प्रतिशत मात्र बजेट खर्च

कालीकाेट- चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको बजेट कार्यान्वयनको गति सुस्त देखिए छ । आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा  कर्णाली प्रदेश सरकारको समग्र बजेट कार्यान्वयन भने २५ प्रतिशत मात्रै छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म २५.६६ प्रतिशत अर्थात् ८ अर्ब ५७ करोड ५१ लाख २ हजार ६ सय ९४ रुपैयाँ ८३ पैसा मात्रै प्रदेश सरकारले खर्च गरेको छ ।

यसमध्ये चालुतर्फ ३४.५८ अर्थात् ४ अर्ब ८३ करोड १९ लाख ८५ हजार ४ सय ७३ रुपैयाँ १९ पैसा र पुँजीगततर्फ १९.०८ प्रतिशत अर्थात् ३ अर्ब ७३ करोड ५१ लाख १७ हजार २ सय २० रुपैयाँ ८४ पैसा खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय रहेको कर्णालीमा सबै मन्त्रालयको विकास बजेट खर्च निराशाजनक छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker