
कालीकोट– महावै गाउँपालिकाले बृहत शैशिक सम्मेलन बिहीबार सम्पन्न गरेको छ । शैक्षिक सुधारका लागि गाउँपालिकाले सम्मेलनको आयोजना गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । सबैका छोराछोरी नियमित सामुदायिक बिद्यालयमा पढाउने, बिद्यालय प्रधानाध्यापकले शिक्षकको नियमित कार्य सम्पादनका आधारमा दण्ड र पुरुस्कारको ब्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै त्रैमासिक अभिभावक भेला गर्ने, वडा कार्यालय, शिक्षा शाखा, गाउँ शिक्षा समिति बिच समन्वय गर्ने उल्लेख गरिएको छ । ब्यवस्थित र मर्यादित परिक्षा संचालन गर्ने, शैक्षिक शत्र सुरु हुनासाथ पाठ्यपुस्तक उपलब्ध गराउने, स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरी समयमै बिद्यालयमा उपलब्ध गराउने र आवश्यताका आधारमा बिद्यालय, कक्षा कोठा थप्प गर्ने वा गाभ्ने भन्ने बिषयमा पनि गाउँपालिकाले निर्णय लिने घोषणा पत्रमा उल्लेख छ ।
गुणस्तरिय शिक्षाका लागि बृहत शैक्षिक सम्मेलन गरिएको गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले बताउनु भयो । शैक्षिक सम्मेलन सहजिकरणका लागि मध्यपश्चिमा अञ्चल बिश्व बिद्यालयका उपकुलपती डाक्टर नन्द बहादुर सिंहको सहभागीता रहेको थियो । गाउँपालिका कार्यालय गैराखाडामा भएको सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, शिक्षा शाखा प्रमख, शिक्षक लगायतका सरोकारवालाको सहभागीता रहेको शिक्षक टक्क बहादुर सिंहले बताउनु भयो ।
Γεια σου, ήθελα να μάθω την τιμή σας.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.