मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाजस्थानीय

मकै किन खाने ? मकै खानुका फाइदै फाइदा

कालीकाेट- नेपालमा चामल, गहुँ जस्तै मकैको खाद्यान्न निकै रुचाइन्छ । धार्मिक कार्यमा समेत मकैको खाना खाने चलन छ । मकैमा शरीरका लागि आवश्यक सबै प्रकारको पोषण पाइन्छ । यो यस्तो पौष्टिक आहार हो जो जुनसुकै बेला खान सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि मकै निकै लाभदायी मानिन्छ ।

क) मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबर पाइन्छ ।

ख) मकै स्वस्थ आहार भएकाले बिहान, दिउँसो, बेलुका जति बेला पनि खान सकिन्छ ।

ग) मकैका परिकार खादा शरीरमा जमेको अतिरिक्त बोसो (कोलेस्ट्रोल) कम हुने गर्दछ ।

घ) मकैका परिकार खादा तौल घटाउनुका साथै अन्य रोगबाट समेत बच्न सकिन्छ ।

ङ) यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरू ब्लक हुनबाट रोक्छ ।

च)  यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

छ) मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम हुन्छ ।

ज) यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ ।

झ) मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार कम गर्दछ ।

ञ) मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डी बलियो बनाउँछ ।

ट) यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

ठ) छालालाई चम्किलो बनाउनका मकैको सेवन लाभदायी हुन्छ ।

ड) यसको सेवनले छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ ।

ढ) मकैमा ऐँठी–अक्सिडेन्ट हुने भएकाले अनुहारमा चाउरी पर्न दिँदैन ।

ण) मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ ।

त) यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ ।

थ) यसले बढ्दो उमेरसँगै हुने रतन्धो लगायतका सम्भावना कम गर्दछ ।

द) अल्छी लाग्ने, शरीरमा ऊर्जा नहुने अनुभवमा मकैको सेवन लाभदायी हुन्छ ।

ध) मकैमा हुने कार्बोहाइड्रेटले शरीर लाही ऊर्जावान् राख्छ ।

न) मकै खाँदा पेट चाँडै नै भरिन्छ र छिटो भोक लाग्ने समस्या पनि हटेर जान्छ ।

प) मकैमा पाइने फाइबर्सले कब्जियतबाट राहत दिलाउँछ ।

फ) यसले मलाशय वा कोलनमा जमेको खाद्य पदार्थलाई निकाल्न पनि सहयोग गर्दछ ।

ब) मकैमा आइरनको मात्रा भरपुर हुन्छ जसले शरीरमा आइरनको कमीलाई टाढा राख्छ ।

भ) मकैमा भिटामिन बी र फोलिक एसिड हुन्छ त्यसैले गर्भवती महिलाका लागि मकै निकै फाइदाजनक हुन्छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button