मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

मुगुमा जीप दुर्घटना, चार जनाको मृत्यु, पाँच जना घाइते

मुगु- मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठाउँका प्रकाश बोहरा र पिउस परियार रहेका छन् । दुर्घटनामा परी मुगु जिल्ला सोरु गापा–७ रिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र वडा नं.५ कै वडा सदस्य लोकजङ्ग नेपाली गम्भिर घाइते भएका छन् । सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहरा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताउनु भयो ।

सोमबार बेलुकी सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को बोलेरो जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button