मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

खाँडाचक्र नगरपालिका: बजेट कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत जुम्ला इजलासकाे आदेश

कालीकोट– खाँडाचक्र नगरपालिका बिरुद्ध परेको उजुरीमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले बजेट कार्यान्वयन नगर्न आदेश दिएको छ । माननीय न्यायाधीश नवराज थपलियाको एकल इजलासले सोमबार आर्थिक बर्ष २०८०/०८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो । नगर प्रमुख कमल बहादुर शाही र नगर उपप्रमुख गणेश बहादुर शाही बिरुद्ध साउन ११ गते नगरपालिकाका वडाअध्यक्षहरुले उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा मुद्दा दर्ता गरेका थिए ।

खाँडाचक्र नगरपालिकाले असार १० गते साझ करिव २ घण्टा नगरसभाको उद्घाटन मात्र गरेर नगरसभा सम्पन्न गरेको,उद्घाटन शत्रमा गरिएको माइनुटमै नगरप्रमुख र उपप्रमुखले आर्थिक बर्ष २०८०/०८१ को बजेट बनाएर सार्वजनिक गरेको वडा अध्यक्षहरुको आरोप छ । सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटीएको,मनोमानि बजेट ल्याएको, जन्तामुखि नभइ जनप्रतिनिधि मुखि बजेट बनाएकाे लगायतका बिषयमा नगरपालिकाका ११ जना वडा अध्यक्षको समर्थनमा ९ जनाले उजुरी दिएका थिए।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button