मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

पचालझरना गाउँसभा सम्पन्न, ३९ करोड भन्दा बढी बजेट प्रस्तुत

कालीकोट– आर्थिक वर्ष २०८०÷८१ का लागी पचालझरना गाउँपालिकाले ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैया वजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका केन्द्र पडेक्षामा उद्घाटन गरिएको ११ औँ गाउँसभामा उपाध्यक्ष बविता बमले वजेट सार्वजनिक गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मिना रावतको विषेश आतिथ्यतामा गाउँसभा उद्घाटन भएको थियो ।

केहि पुराना कार्यक्रमलाई निरन्तरता दिंदै,वडा कार्यालय भवन निर्माण, खानेपानी संचालन, लक्षित बर्ग कार्यक्रम लाई प्राथमिकता दिने प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर नेपालीले बताउनु भयो । शिक्षा, स्वास्थ्य र सडकलाई पुर्णता दिने गरी वजेट केन्द्रित गरिएको उहाँले बताउनु भयो ।

गाउँपालिकाको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button