मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
अर्थ/वाणिज्यताजाखबरमुख्य खबरसुचना प्रबिधी

२८ औं संस्करणको क्यान इन्फोटेक मेला सञ्चालन हुँदै

काठमाडौं । आगामी माघ २४ गतेदेखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक मेला सञ्चालन हुँदैछ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा उक्त मेला सञ्चालन हुनेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधि प्रदर्शन गर्ने उद्देश्यले सो मेलाको आयोजना गरिएको महासंघका अध्यक्ष रणजीत कुमार पोद्दारले बताएका छन् ।

प्रविधिमा आधारित मेला भएकाले मेलामार्फत अवलोकनकर्ताले विकसित नयाँ प्रविधिको बारेमा जानकारी लिनसक्ने आयोजकको भनाई छ । ‘यो मेला प्रविधिमा आधारित मेला हो, विश्वमा प्रविधिले क्षण–क्षणमा नै फड्को मारिरहेको अवस्था छ, अहिले जतिपनि नयाँ प्रविधिको विकास भइरहेको छ मेलामा हामीले त्यसलाई पदर्शन गर्छौं, जुन सफ्टवेयरदेखि हार्डवेयरसम्मका हुनेछन्’, अध्यक्ष पोद्दारले भने ।

साथै अहिलेको मेलामा नेपालभित्रै विकास हुँदै झण्डै दुई दर्जन स्टार्टअप प्रविधिहरु पनि पदर्शनमा रहने उनको भनाइ छ । ‘अहिलेको मेलामा नेपालमा विकास भएका २५÷२६ वटा स्टार्टअपका पनि स्टलहरु रहन्छन्’, उनले भने, ‘नेपालीहरुले के–के बनाए, के–के बनाउन मिल्छ र भोलिको दिनमा के–के बनाउन सकिन्छ भन्ने विषय पनि मेलाबाट देख्न सकिन्छ ।’ यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष स्थान दिने कोशिष गरिएको आयोजकले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker