मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरराष्ट्रियसमाचार

क्यान महासंघले आजबाट जिल्ला तथा प्रदेश अधिबेशन गर्दै

कालीकोटः कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले देशका ७४ वटा जिल्लामा आजै बाट जिल्ला तथा प्रदेश अधिबेशन सुरु गर्ने भएको छ । सूचना प्रविधी व्यवसायी तथा व्यक्तिहरुको छाता संगठन क्यान महासंघले ३० बर्षको यात्रामा पहिलो पटक देशभरका ७४ जिल्ला शाखा र ७ प्रदेश समितीको अधिवेशन गर्न लागेको हो ।

अधिबेशन आजबाट शुरु भई मंसीर २४ गते सम्म सम्पन्न हुने क्यान महासंघका महासचिव नारायण थापाले बताउनु भयो । देश भर सम्पन्न हुने अधिबेशनबाट निर्वाचित हुने सबै अध्यक्ष लगायत कार्यसमिति, सदस्य तथा महाधिबेशन प्रतिनीधिहरु लाई क्यान महासंघका अध्यक्ष नवराज कुवरले अग्रीम बधाई तथां शुभकामना दिनु भएको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button