मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

जितेगडामा पुल चड्न भयाङ्गको साहारा

कालीकोटः कालीकोटको जितेगडामा रहेको झोलुङ्गे पुल पानीले बगाएपछि स्थानीयले पुल चड्न भयाङ्गको सहारा लिने गरेका छन् । असोज १९ गते देखि २५ गते सम्म आएको अबिरल बर्षाले पुलमा क्षेती पुयाएको थियो । सुर्खेत, नेपालगंज, काठमाडौ र देशका बिभिन्न ठाउँबाट कर्णाली राजमार्ग हुदै जीतेगडा पुगेका स्थानीय नागरिक नरहरीनाथ,सान्नीत्रिवेणी,पचालझरना,पलाँता गाउँपालिका र रास्कोट नगरपालीका आवतजावतका लागि यही पुलको प्रयोग गर्ने गर्द छन् ।

त्यस्तै यही पुल हुदै बाजुरा र हुल्ला जाने नागरिक समेत आवत जावत गर्दछन् । सान्नीत्रिवेणी १ मा रहेका लुसा गाउँ नजिकै बाट आएको पहिरोले कर्णाली करिडोर अवरुद्ध गरेपनि नागरिकको आवत जावत भने रोकीएको छैन । माथिबाट निरन्तर पहिरो खसेपनि आवतजावतका लागि छोटो बाटो भएकाले नागरिक त्यही बाटो बाट हिडढुल गर्ने गर्द छन् । तत्तकाल नागरिकको सहज आवतजावतको लागि स्थानीयले भयाङ्ग निमार्ण गरेर काम चलाइएको र पुल पुनः निमार्णका लागि समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । स्थानीयले जिल्लामा विकास प्रेमी नेता नभएको भन्दै भयाङ्ग सहितको पुलको फोटो सामाजीक संजालमा भाइरल गरेका छन् ।

फोटोः प्रेम बहादुर बमकाे फेसबुकबाट

 

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button