नक्कली मुद्रा कारोबारमा संलग्न पाँच जना पक्राउ

छालाको नक्कली मुद्रा कारोबारमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-१२, छिन्चुबाट सिम्ता–३ आग्रिगाउँका २३ वर्षीय समर विश्वकर्मा, दैलेख भगवतीमाई–४ का १९ वर्षीय मदन विश्वकर्मा, जाजरकोट छेडागाड नगरपालिका-५ का २४ वर्षीय नीमबहादुर विश्वकर्मा, सोही ठाउँका ३३ वर्षीय रत्नबहादुर नेपाली र कुशे-५ खुर्पाका ३२ वर्षीय शान्तबहादुर वादी लाइ जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेकाे हाे ।
छिन्चु बजारको एक होटलमा ऐतिहासिक छालाको मुद्रा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरिएको छ ।
बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका वस्तु तथा पत्थरहरू, बारुदजस्तो देखिने सानो डिब्बा तथा साना विद्युतीय वस्तुहरू दुई-दुई थानसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । बरामद भएको मुद्रा सक्कली हो या नक्कली पत्ता लगाउन केन्द्रीय प्रयोगशालामा पठाएपछि मात्रै थाहा हुने डीएसपी कार्कीले बताए ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.