मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबर

अख्तियारद्वारा मुख्यमन्त्री कार्यालयमा छापा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले प्रदेश न‍‍ २ मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिएकाे थियाे । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने तयारी भइरहेकाे जानकारी दिनु भयाे ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button