कर्णाली प्रदेशताजाखबरसमाचारस्थानीय
जिप दुर्घटना : ३ जनाको मृत्यु ६ जना घाइते

हुम्ला- हुम्लाको चंखेली गाउँपालिकाकाे बेशीखाेला नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको खबर प्राप्त भएकाे छ । १२ जना घाइते भएका छन्। घाइते भएका मध्य तीन जनाकाे अवस्था गम्भिर भएकाले नेपाली सेनाकाे हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएकाे हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनु भयाे ।
कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जीप शुक्रबार बिहान करिब ११ बजे पिप्लाङतर्फ जाँदै गर्दा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी छ।