कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
खाँडाचक्रमा करार कर्मचारीको म्याद थप नहुने

कालीकोट– खाँडाचक्र नगरपालिकामा रहेका करार कर्मचारीको म्याद थप नहुने भएको छ । करार कर्मचारीको तलव भुक्तानीमा स्थानीय तहले धेरै रकम खर्च गर्ने गरेको चौतर्फी बिरोधपछि नगरपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने भएको हो ।
खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईले आ.व २०८२/०८३ का लागि करार कर्मचारीको म्याद थप नगर्ने २३ गते बसेको ३६ औं कार्यपालिका बैठकले निर्णय गरेको बताउनु भयो । महालेखा परिक्षकको कार्यालययले सार्वजनिक गरेको स्थानीय तहको लेखापरिक्षण प्रतिवेदन २०८०/०८१ मा नगरपालिकाले १ सय १ जना करार र ज्यालादारी कर्मचारी नियुक्त गरी २ करोड ९२ लाख १ हजार ८४ रुपैया खर्च गर्ने गरेको उल्लेख गरेको छ ।
दरबन्दी बाहिरका करार कर्मचारी नियुक्ती गरी ५२ लाख ६६ हजार ८ सय खर्च गरेको रकम नियमसम्मत नभएको जनाएको छ ।