
कालीकाेट- कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। असार १ गते दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि बस्न सकेकाे थिएन ।
कर्णाली प्रदेश सरकारले विनियोजन गरेकाे कुल बजेट मध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन गरेकाे छ।
यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १.८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बताउनु भयाे ।
आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन गर्न चालू आर्थिक वर्षको बजेट विनियोजनको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ।
असार १ गते राति १२ बजेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार दलहरुबीच सहमति जुटाएर कर्णाली प्रदेश सरकारले राती प्रदेश सभामा बजेट पेस गरेको हो।